लोकसेवा आयोगले आज हिरक महोत्सव मनाउँदै
काठमाडौं : लोक सेवा आयोगले आज ‘हीरक महोत्सव’ मनाउँदैछ।
स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोगले केन्द्रीय कार्यालयसहित काठमाडौँमा तीन र काठमाडौँ बाहिर ११ वटा कार्यालय रहेको आयोगका सबै कार्यालयमा हीरक महोत्सवसम्बन्धी कार्यक्रम आयोजना गर्दैछ।
केन्द्रीय कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आथित्यतामा हीरक महोत्सव समारोह आयोजना गरिएको छ। आयोगले प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रूपमा विविध अतिरिक्त कार्यक्रम सम्पन्न गरिसकेको छ।
‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि बढेको आयोगको नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवाका पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी छ।
आयोगको स्थापना २००८ असार १ गते भएको हो। यसको स्थापना तत्कालीन अन्तरिम संविधानअन्तर्गत भएको थियो। सुरुमा यसको नाम ‘पब्लिक सर्भिस कमिसन’ थियो। थाहा खबर
