हिमानी र हृदयेन्द्रले जुम्लाको सिंचाई पोखरी उद्घाटन गरे
काठमाडौँ : जुम्लामा पूर्वयुवराज्ञी हिमानी शाह र छोरा हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिंचाई पोखरीको उद्घाटन गरेका छन्।
रोजी राणा-प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिंचाई पोखरीबाट सयौँ हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताइएको छ।
यस पोखरीको निर्माणले जुम्लाका किसानलाई स्याउ, आलु र मार्सी धानजस्ता बाली उत्पादनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
जुम्लाका सांसद ज्ञानबहादुर शाहीले यस सिंचाई आयोजनाले स्थानीय कृषि उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
समुन्द्री सतहबाट २ हजार ३ सय मिटरभन्दा माथि अवस्थित जुम्ला आफ्नो अद्वितीय हावापानीका कारण विशेष कृषि उत्पादनका लागि परिचित छ।
जुम्लाको मार्सी धान नेपालमा मात्र नभई अन्तरराष्ट्रिय बजारमा पनि उच्च मागमा छ। थाहा खबर
Facebook Comments Box
