विद्यालयमा समिति गठनको प्रक्रियामा विवाद हुँदा विद्यालय बन्यो राजनीतिक क्रिडा स्थल

कपिलवस्तु जिल्लाको एक नमुना गाउँ पालिकाको रूपमा विजयनगर हुदै आएको छ। पालिका द्वारा शिक्षामा सक्दो सुधार गरे पनि , कतिपय विद्यालयहरूमा अझै पनि राजनीतिक कायम रहेको छ। विद्यालय लाई एउटा पवित्र स्थल मानिन्छ तर त्यस ठाउँलाई राजनैतिक थलो बनाउने गरेको पाइन्छ।
बिजयनगर गाउँपालिका वडा नं ५ मा अवस्थित बघमरवा अधारभूत विद्यालयको ब्यवस्थापन समितिको गठनको क्रममा अभिभावकहरुको बीचमाआपसी कुरा नमिल्दा चुनावी प्रक्रियामा गएको थियो। त्यहाँ चुनाव हुनु भनेको विद्यालयको विकास नरहेको,बरू जुगाको लडाई हो स्थानीयले बताउँछन्।
दुई प्यानलको ४/४ गरि ८ जनाले चैत ३१ गते उम्मेदवारी दिएका थिए भने बैशाख २ फिर्ता लिने क्रममा ४ जनाले उम्मेदवारी फिर्ता लिएको विद्यालयले अन्तिम सूचना प्रकाशित गरेको गरेको छ । फिर्ता लिनेहरुमा अलि हसन खां, प्रभावती कोहार, इन्द्रावती कोरी र बर्सौना पासीको नाम सार्बजनिक गरिएको छ।
फिर्ता लिने मध्येकोमा इन्द्रावती कोरीले दबाबमा आई फिर्ता लिएको बताउछिन्। त्यो विषयमा थप जानकारी लिदा इन्द्रावती कोरीले भन्छिन्,” मलाई २० हजार रुपैयाँ दिए संगै दबाब दिइ एउटा साझा कागजमा सही छाप गराएको सोही वडाका वडा अध्यक्ष अनवार मुसलमानमाथी गम्भीरआरोप समेत लगाएकि छिन। त्यो विषयमा वडाध्यक्ष मुसलमान संग सोध्दा मलाई केही नै छैन भनी जवाफ दिएका छन् । वहा भन्नुहुन्छ मेरो माथि गलत आरोप लगाइएको छ ।
नाम समेत खुल्ने गरी इन्द्रावती कोरीको एउटा भिडियो सामाजिक संजालमा सार्बजनिक भएको छ।जस अनुसार वडा अध्यक्ष अनवार मुसलमानले आफुलाई २० हजार रुपैयाँ दिएर उम्मेदवारी लिन फकाए तर आफू सहमत नहुदै एउटा कागज हस्ताक्षर समेत गराएको आरोप लगाइन तर उक्त बिषयमा वडा अध्यक्षबाट बुझ्दा आफू त्यस्तो कुनै कार्यमा संलग्न नभएको र आफुलाई बदनाम गराउने षड्यन्त्र रहेको बताए ।
