बेलायत पठाइदिन्छु भन्दै ११ ठगी गर्ने दुईजना पक्राउ
काठमाडौं : ‘रोजगारीका लागि बेलायत पठाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
बेलायत पठाइदिने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा मोरङको रतुवामाइ नगरपालिका- १० का लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका- १२ का अरुणराज शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले गत आइतबार पक्राउ गरेको हो।
उनीहरुले बेलायत पठाइदिने बहानामा ३८ जनाबाट उक्त रकम लिएको प्रहरीको भनाइ छ। अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। थाहा खबर
Facebook Comments Box
