बुद्धभूमिका विद्यालयहरुमा ४ दिन गर्मी विदा

सेयर गर्नुहोस

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अत्यधिक गर्मी बढेपछि ४ दिन विद्यालय बिदा दिने निर्णय गरेको छ।

बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य तथा सिकाइमा नकारात्मक असर पर्न सक्ने भन्दै नगरपालिकाले सम्पूर्ण शैक्षिक संस्थाहरूमा ४ दिनका लागि विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भटराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार जेठ २७ गतेदेखि ३० गते शुक्रबारसम्म विद्यालय बन्द हुनेछन् ।

नगरप्रमुख केशवकुमार श्रेष्ठले विदाका दिनहरुलाई विभिन्न सिकाईको क्षेत्रमा सदुपयोग गर्न विधार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
सो क्रममा आफ्ना बालबालिकालाई पढाईसंगै अन्य जीवनोपयोगी सिप सिकाईका लागि आवश्यक सहजीरकण गर्ने भूमिका अभिभावकले निर्वाह गर्नुपर्ने उहाँको भनाई छ ।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या हुने गरेको छ।दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ।

गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन्। वैखरी

Facebook Comments Box