आजको मौसम : कोशी प्रदेशमा वर्षाको संभावना
काठमाडौं : आज कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ।
कोशी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुवर्पानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। थाहा खबर
Facebook Comments Box
