अमेरिकाबाट डिपोर्ट भएका ३७ जनालाई घर पठाइयो

सेयर गर्नुहोस

काठमाडौं : अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई सामान्य सोधपुछपछि घर पठाइएको छ। अमेरिकामा अवैधानिक रुपमा बसोबास गरिरहेका ५ महिला र ३२ पुरुषलाई अमेरिकाले ओम्नी एयरको चार्टर्ड उडानमार्फत् हिजो नेपाल पठाएको थियो।

सो विमानमा भारत र बंगलादेशका नागरिक पनि थिए। प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले डिपोर्टमा परेका उनीहरुलाई सामान्य सोधपुछपछि गन्तब्यतर्फ जान दिएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार उनीहरु अमेरिका पुुग्नुको कारण र संगठित मानव तस्करीको भूमिकाबारे चासो राखेका छन्।

कुनै जाहेरी प्राप्त भए अमेरिका पु¥याउने गिरोहबाट अनुसन्धान हुने कुँवरले बताए। यसअघि अमेरिकाले डिपोर्ट गरेका ९ नेपालीलाई विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान व्युरोले आफ्नो कार्यालयमा लगेर सोधपुछ गरेको थियो। तर, उनीहरुले आफूलाई अमेरिका पठाउने व्यक्तिबारे जानकारी दिन अस्वीकार गरेका थिए।

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकाले आप्रवासीविरुद्ध कठोर कदम चालेको छ । यो अवधिमा अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १७७ पुगेको छ। थाहा खबर

Facebook Comments Box