१६औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली टोली मकाओ प्रस्थान

सेयर गर्नुहोस

काठमाडौं : १६ औं अन्तर्राष्ट्रिय पूर्वाधार लगानी सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डल मकाओ प्रस्थान गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहसहित नेपाल लगानी बोर्डका सदस्यहरु, कार्यान्वयन समितिका सहसचिव सुशीलबाबु ढकाल लगायतको टोली मकाओ प्रस्थान गरेको हो।

सम्मेलन जेठ २६ गतेदेखि ३० गतेसम्म मकाओमा हुँदैछ। प्रस्थान गर्नुपूर्व विमानस्थलमा कुराकानी गर्दै अध्यक्ष सिंहले चिनियाँ निर्माण व्यवसायीको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन लागेको बताए। उनले मकाओ सरकारको आयोजनामा हुन लागेको पूर्वाधार लगानी सम्मेलनमा नेपालले हरेक वर्ष भाग लिँदै आएको जानकारी दिए।

नेपालमा लगानीका धेरै सम्भावना रहेको र लगानीको बारेमा आफूहरुले पैरवी गर्दै आएको बताए। नेपालमा लगानीको सम्भावनाबारे पनि एउटा सत्र आयोजना गरिएको र त्यसमा नेपालको तर्फबाट लगानीकको बारेमा जानकारी गराइने सिंहको भनाइ छ।

अध्यक्ष सिंहले हरेक वर्ष नेपालमा लागनीको सम्भावनाबारे पैरवी गर्दै आएको र अहिले कानूनको हिसावले पनि नेपालमा लगानी गर्न सहज बनेको भन्दै लगानी बढी भित्रनेमा आशावादी रहेको बताए। थाहा खबर

Facebook Comments Box