अक्सफोर्ड स्कुुलमा सराेकारवालासंग परिचयात्मक कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

कृष्णनगर , जेठ २४ । कृष्णनगरकाे अक्सफोर्ड इंग्लिस बाेर्डिङ्ग स्कुुलले आयाेजना गरेकाे परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।
कृष्णनगर नगरप्रमुख रजत प्रताप शाहकाे प्रमख अतिथ्यता,
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक तुला बहादुर चाैधरी , प्रहरी निरिक्षक अर्जुन कुंवर , नेपाल प्रहरीका प्रहरी निरिक्षक इश्वर लाैडारी , वडाध्यक्षद्वय कृष्णकुमार गुप्ता , शागिर खां लगायतका विभित्र सराेकारवालाकाे उपस्थितिमा अक्सफोर्ड इंग्लिस बाेर्डिङ्ग स्कुुलकाे परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएकाे प्रधानाध्यापक अरसद खांले बताउनुभएकाेे छ ।

निजि विद्यालयकाे हकहित र समस्या सराेकारवालालाई अवगत गराउने उद्देश्यले राखिएकाे परिचयात्मक कार्यक्रममा विभित्र निजि विद्यालयका प्रधानाध्यापक , प्याब्सन कपिलवस्तुका अध्यक्ष धिरेन्द्र बिक्रम सिंह , रफिक खां, राहुल माेदनवाल, रेनु शर्मा, नारायण कनाेडिया, खालिद खां लगायत भद्रभलाकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments Box