रुपन्देही सहित कोरोनाले अति प्रभाबीत १४ जिल्लामा विद्यालय नजान स्वास्थ्य मन्त्रालयको आग्रह
बुटवल २ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देही सहित कोरोनाले अति प्रभावित भनी वर्गीकरण गरिएका १४ जिल्लामा विद्यालयसमेत नजान आग्रह गरेको छ ।
मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको हो ।
मन्त्रालय द्वारा जारि विज्ञप्तिमा रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न भनिएको छ । यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागी नभइदिन अनुरोध गरेको छ ।
मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ । सभार – बुटवल अनलाइन

