ट्रम्प र सीबीच टेलिफोन वार्ता, एकअर्कालाई भ्रमणको निम्तो

सेयर गर्नुहोस

एजेन्सी

कर वृद्धिको विवादले चिसिएको सम्बन्धबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।

डेढ घण्टासम्म चलेको वार्तामा अधिकतर समय दुई देशबीचको व्यापारबारे कुराकानी भएको दुवै देशका अधिकारीले पुष्टि गरेका छन्। साथै दुवै राष्ट्रपतिले एकअर्कालाई भ्रमणको निम्तो दिएका छन्। ट्रम्पले चिनिया राष्ट्रपतिसँग डेढ घण्टा लामो छलफल भएको र यसको नतिजा दुवै देशका लागि सकारात्मक रहेको आफ्नो सामाजिक सञ्जाल ट्रुटमार्फत् जानकारी दिएका छन्। गत फेब्रुअरीमा ट्रम्पले चिनियाँ सामानमा चर्को कर थपेपछि दुई देशबीचको व्यापार सम्बन्धमा दरार उत्पन्न भएको थियो।

ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको बैठकका क्रममा ट्रम्पले आफूलाई चिनिया राष्ट्रपतिले भ्रमणमा बोलाएको र आफूलाई पनि भ्रमणको निम्तो दिएको बताएका छन्। चीनले पनि ट्रम्पलाई भ्रमणको निम्तो दिएको पुष्टि गरेको छ । तर ट्रम्पले सीलाई भ्रमणमा बोलाएको बारे भने केही बताइएको छैन। ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिकालमा पनि चीनको भ्रमण गरेका थिए। थाहा खबर

Facebook Comments Box