आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
२३ जेष्ठ २०८२, शुक्रबार
अर्घाखाँची, २३ जेठ ।
नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र अर्घाखाँचीको आयोजनामा भूमिकास्थानको ढाकावाङ्गमा आँखाको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको छ । पछिल्लो समयमा आँखा सम्बन्धी रोगले सताइरहेका बेला भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक महिला स्वास्थ्य स्वयंसेवीका लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो । कार्यक्रमको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले शुभारम्भ गरेका थिए ।
नगर प्रमुख थापाले आँखा सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएकोले समय–समयमा यसको जाँच र हेरचाहमा बढी ध्यान दिनुपर्ने बताए ।
भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष गोपालप्रसाद खनाल, आधारभूत स्वास्थ्य केन्द्र भूमिकास्थान–२ का इन्चार्ज श्यामलाल चुदाली, ढाकावाङ्ग स्वास्थ्य चौकी इन्चार्ज रन्जिता रायमाझी लगायतले कार्यक्रममा आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, कार्यपालिका सदस्य खुमा बेलवासे, जनस्वास्थ्य अधिकृत सुरेशप्रसाद गैरे, नगर युवा सञ्जाल भूमिकास्थानका संयोजक तथा पत्रकार टेकराज भुसाल, विश्व मावि ढाकावाङ्गका प्राचार्य रेणुकान्त भट्टराई लगायत कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरूको उपस्थिति रहेको थियो ।अभिमुखीकरण कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घ आँखा उपचार केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख सागर घिमिरेले आँखा पाक्ने रोगबाट बच्ने उपाय, रोग नियन्त्रण, उपचार विधिलगायतका विषयमा अभिमुखीकरण गराएका थिए । बुटवल टुडे
