गृहमन्त्रीले किन राजीनामा दिने ? : शेरबहादुर देउवा
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकले किन राजीनामा दिने भन्दै प्रतिप्रश्न गरेका छन्।
जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले यस्तो प्रश्न गरेका हुन्। भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेका वेला सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।
सभापति देउवाले काँग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताए। उनले बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए।
सभापति देउवाले भने, ‘काँग्रेस र एमालेको गठबन्धन छ र यो राम्रोसँग चलिरहेको छ। कतिपय कुरामा असहमति होला तैपनि आखिर बजेट आएको छ। अब त संसद् खुल्नुपर्ने हो‚ गृहमन्त्रीले किन राजीनामा दिने भन्या?’
वर्तमान सरकार २०८४ सम्मै राम्रोसँग सञ्चालन हुने देउवाले दाबी गरे।
