काठमाडौँ महानगरले ‘वन्डर अफ वेस्ट’ शीर्षकमा प्रतियोगिता आयोजना गर्ने

सेयर गर्नुहोस

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘वन्डर अफ वेस्ट’ शीर्षकमा कलाकृति, हस्तकला वा विविध नमूनाको प्रतियोगिता आयोजना गर्ने भएको छ। महानगरपालिकाले यसका लागि भाग लिन विद्यार्थीहरूलाई अनुरोध गरेको छ।

महानगरले विश्व वातावरण दिवस २०२५ को अवसरमा यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। महानगरपालिकाका अनुसार अन्तरविद्यालय प्रतियोगितामा महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत माध्यमिक तहका विद्यार्थीहरूलाई भाग लिन सक्नेछन्।

फोहर व्यवस्थापन, पुनःप्रयोग, पुनः चण, वायु प्रदूषण नियन्त्रण तथा वातावरण र मानव स्वास्थ्यमा तिनको प्रभावसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु प्रतियोगिता सञ्चालनको उद्देश्य हो।

प्रतियोगितामा भाग लिन विद्यार्थीहरूले फोहर वा पुनः प्रयोग गरिएका सामग्री प्रयोग गरी तयार गरिएका कलाकृति प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगितासम्बन्धी विस्तृत विवरणका लागि पोष्टरमा भएको क्यूआर कोड स्क्यान गर्न सकिनेछ। थाहा खबर

Facebook Comments Box