विजयनगरमा एक्कासी ब्याउने ५ भैँसी, १ राँगाकाे ज्यान गयो, ४ ओटा बिरामी

सेयर गर्नुहोस


२०८२ जेष्ठ २०, मंगलवार ०८:०४ गते

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २० जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-५ नाैरङ्गियामा एक्कासी ५ ओेटा भैंसी र १ ओटा राँगा मरेका छन् ।स्थानीय बिरे अहिरकाे ब्याउने भैंसी र एउटा राँगा मरेका हुन् । उनका चार ओेटा भैंसी बिरामी अवस्थामा रहेका छन् ।

बिरे अहिरका अनुसार मंगलबार बिहान ७ बजेतिर चरी घाँस चराउने क्रममा एकाएक भैंसी र राँगाकाे मृत्युु भएको हाे । उनले घरदेखि करिब १ सय ५० मिटरकाे दुरीमा खेतमा लगाइएको चरी घाँस खाएपछि १ घण्टाभित्रै भैेँसी र राँगाकाे ज्यान गएको बताए ।

विजयनगर गाउँपालिकाका पशु विकास शाखाका प्रमुख प्रहलाद ठाकुरले भैंसी, राँगा मरेकाे कारण अझै खुल्न नसकेकाे बताए । चरी घाँस विषाक्त युक्त भएका कारणले पनि भैँसी र राँगाकाे मृत्यु भएको हुन सक्ने उनको भनाइ छ ।

उनले पाेष्टमार्टमकाे तयारी भइरहेको बताउँदै रिपोर्ट आएपछि मात्र मृत्युको कारण भन्न सकिने बताए । पशु विकास शाखाले बिरामी भैँसीहरुकाे तत्कालै औषधी उपचारसमेत गरेकाे उनलेे जनाए ।

Facebook Comments Box