दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान शुरु
एजेन्सी
दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान शुरु भएको छ। स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको हो।
निर्वाचनमा वामपन्थी विचारधाराको डेमोक्रेटिक पार्टी अफ कोरिया डीपीके र दक्षिणपन्थी विचारधाराको पीपुल पावर पार्टी पीपीपीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। तर चुनावी मैदानमा ५ उम्मेदवारबीच टक्कर रहेको समाचारहरुमा जनाइएको छ । निर्वाचनको नतिजा बुधबार सार्वजनिक हुनेछ।
६ महिनाअघि तत्कालीन राष्ट्रपति युन सुक योलले देशमा सैन्य कानून घोषणा गरेको थिए। त्यसपछि उनीविरुद्ध महाअभियोग लागेको थियो। पीपीपी पार्टीक नेता युन सुक योलले सैन्य लगाएको सैन्य कानून केही घण्टामै फिर्ता लिएका थिए। गत ४ अप्रिलमा संवैधानिक अदालतले महाअभियोग अनुमोदन गर्दै उनलाई पदबाट हटाएपछि त्यसको ६० दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार आज निर्वाचन भएको हो।
राष्ट्रपतिले लगाएको सैन्य कानून, त्यसपछिको महाभियोग लगायतका विषयले दक्षिण कोरियामा केही राजनीतिक संकट देखा परेका छन्। नयाँ राष्ट्रपति निर्वाचनसँगै ती संकट समाधान हुने अपेक्षा गरिएको छ। थाहा खबर
