पोखरामा अलपत्र यात्रुलाई स्कर्टिङ गरी पठाइँदै

सेयर गर्नुहोस

काठमाडौँ : पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन आइतबार स्कर्टिङ गरेको छ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रूपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍याइनेछ। २५ वटा बस चितवन र काठमाडौँका लागि छुटेका हुन्। थाहा खबर

Facebook Comments Box