कृष्णनगरमा राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा जय प्रकाश गुप्ता
कृष्णनगर, चैत्र ३१
कपिलवस्तु जिल्लाको कृष्णनगर
नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्ष रहने गरि ३१ सदसिय कमिटी गठन गरेको छ ।
राष्ट्रीय प्रजातंत्र पार्टीको कृष्णनगर नगर परिषद तथा अधिवेशनको अध्यक्षता राष्ट्रीय प्रजातंत्र पार्टीका क्षेत्रीय अध्यक्ष प्रताप सिंह चौधरीले गर्नु भयो ।
प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया अतिथिहरूमा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, दिनेश चन्द्र गुप्ता, धुव्र राम रायमाझी, कृष्ण बहादुर चौधरी र कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह रहनुभयो भने ।
उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकता लगायत अन्यको
उपस्थित रहेको थियो भने कार्यक्रम संचालन राष्ट्रीय प्रजातंत्र पार्टीका जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्ल ले गर्नुभयो ।
