क्यान्सर पिडितलाइ आर्थिक सहयोग
प्रिया अधिकारी
कञ्चन चैत्र ३१, रुपन्देहीको कञ्चन गाउँपालिका वडा न:३ मा रहेको लालीगुँरास युवा क्लबले बल्ड क्यान्सर पीडित अमृत क्षेत्रीलाई रु १५ हजार आर्थिक सहयोग गरेको छ। क्लबका अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष थापाले बल्ड क्यासर पिडितलाई केही भए पनि सहयोग होस् भनी आफ्नो क्लबबाट सहयोग गरेको बताउनु भयो।मानव भएर मानवताको सेवा गर्नुपर्ने कुरामा जोड दिदै थापाले तपाईं हामीहरुको सहयोग थोरै भए पनि सहयोगले उहाँको ज्यान बच्न सक्ने भएकोले जति सक्दो सहयोग गरिदिनु हुन पनि अनुरोध गर्नुभएको छ।
सहयोगको लागि अपिल
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका वडा न: ३ निवासी २७ वर्षीय अमृत क्षेत्री बल्ड क्यान्सर भई बोन म्यारो समेत प्रत्यारोपण गर्नु पर्ने भएकोले हाल उपचारको क्रममा भारतको मेदान्त हस्पिटलको शैयामा भएको र डाक्टरका अनुसार उहाँको उपचारको लागि करिब ५५ लाख भारतिय रुपैयाँ लाग्ने र मध्यम परिवारका लागि यति ठुलो रकम जुटाउन सम्भव नभएकोले उपचारको लागि कठिन भएका कारण यश अबस्थामा तपाईं हाम्रो सानो सहयोगले उहाँले नवजीवन पाउन सक्नु हुने भएकोले सम्पुर्ण देश तथा विदेशमा रहनु हुने दाजुभाइ तथा दिदी बहिनीहरुमा अमृत बचाउ अभियान मार्फत सहयोगको लागि हार्दिक अफिल गरेको छ।
विरामी स्वयं
अमृत क्षेत्री
खाता नम्बर Amrit kshetri
1380110263700001
कुमारी बैंक लिमिटेड (narayangarh bharatpur synergya chowk)
