एकतर्फी सञ्चालनमा आयो दाउन्नेमा अवरुद्ध सडक
बुटवल ।
रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।
बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण यातायात ठप्प भएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्सपेक्टर नारायण थापाका अनुसार मध्यरातिदेखि अवरुद्ध सडक आज बिहान ६ बजेदेखि एकतर्फी खुलाइएको छ ।
चोरमारास्थित गिरुबारी खोलाको डाइभर्सन पनि खोलाले बगाएको छ । सो स्थानमा ठूला मालबाहक गाडीहरु रोकिए पनि रात्रि बस लगायतका अन्य हलुका सवारी साधनलाई होङ्सी सिमेन्ट उद्योगतर्फको बाटो हुँदै आउ–जाउ गराइएको छ ।वैखरी
Facebook Comments Box
