अझै सुरु भएन संसद बैठक, सभामुख छलफलमा
काठमाडौं: प्रतिपक्षी दलहरूले गरेको अवरोधका कारण स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अवरुद्ध गरेका हुन्। संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।
त्यसपछि सूचना जारी गर्दै दिउँसो साढे २ बजे बस्ने भनिएको संसद बैठक पनि सुरु हुन नसकेको हो। अहिले संसद सुचारु गराउन सभामुख घिमिरेको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल भइरहेको छ।
बैठकमा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। रास्वपा माओवादीलगायतका दलले भने जवाफ दिनुभन्दा राजीनामा दिएर मानव तस्करीमा लागेको आरोप छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। थाहा खबर
Facebook Comments Box
