कृष्णनगर बजार बन्दमा राजनीति दलकाे ऐक्यबद्धता

सेयर गर्नुहोस

कृष्णनगर , जेठ १२ ।
उद्योग वाणिज्य संघ कृष्णनगरकाे अवहानमा कृष्णनगर – बहादुरगंज लगायतका बजार बन्दमा राजनीतिक दल जसपाले ऐक्यबद्धता दिएकाे छ ।
हिजाे सर्वदलिय बैठकबाट किसान , व्यापारीमाथि सशस्त्र प्रहरी , ट्राफिक प्रहरीकाे व्यवहारकाे भ्रत्सना गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । आज उद्योग वाणिज्य संघ कृष्णनगरकाे अवहानमा भएकाे कृष्णनगर- बहादुरगंज बजार बन्दलाइ राजनीतिक दलहरु पनि ऐक्यबद्धता जनाइरहेका छन ।
सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीकाे आम सर्वसाधारण , साना व्यवासायी , किसान, उद्योगीप्रतिकाे कार्यशैलीकाे विराेधमा बजार बन्द मा जनता समाजवादी पार्टीले ऐक्यबद्धता जनाएको नगर अध्यक्ष नगर जगदीश चौधरीले बताउनु भयाे ।

जनता समाजवादी पार्टीले तराई मधेशमा सर्वसाधारणलाई दुख दिने नियतकाे विराेध विगतका दिनमा पनि गर्दै आएकाे
र आजकाे वन्दमा पनि समर्थन रहेकाे केंद्रीय अनुशासन आयोगका सदस्य अकरम पठानले बताउनुभयाे ।

Facebook Comments Box