नेपालमा पहिलोपटक एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । यो सफलता नेपालका लागि पहिलो र विश्वमै दुर्लभ भएको चिकित्सकहरू बताउँछन् ।
‘संसारकै सबैभन्दा जटिल शल्यक्रियामध्येको दुवै अंग एकैसाथ प्रत्यारोपण हुने केश विरलै मात्रै हुने गरेको छ,’ अस्पतालका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले भने ।
अस्पतालका अनुसार मकवानपुरका ५१ वर्षीय शिव महर्जनमा मिर्गौला र कलेजो दुवै अंग प्रत्यारोपण गरिएको छ भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको छ । अंग प्रत्यारोपण गरिएका बिरामीहरूले स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा रहेको डा.श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा परेर काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत १८ वर्षीय पुरुषबाट मस्तिष्क मृत्यु भएपछि उनीबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । काठमाडौं मेडिकल कलेजको टिमले अंग झिकेको थियो । वैखरी
