किसानप्रति सुरक्षा निकायकाे रवैयाकाे विराेधमा सर्वदलिय ध्यानाकर्षण पत्र

सेयर गर्नुहोस

कपिलवस्तु , जेठ ११ । जिल्लाका राजनीतिक दलहरुले
किसानप्रति सुरक्षा निकायकाे रवैयाकाे विराेधमा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।

आज राजनीतिक दलहरुले सर्वदलीय बैठक बसेर प्रमुख जिल्ला अधिकारी दिल कुमार तमाङ्गलाई कपिलवस्तुका किसान पर्याप्त मलखाद र बीउबिजन नपाउंदा भारतबाट ल्याउने क्रममा सशस्त्र प्रहरी बलले अनावश्यक दुख दिने गरेकाे ध्यानाकर्षण गराएका छन । साथै बैठकले भारतबाट आउने मालवाहक गाडी ,पर्यटकलाई ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलसमेतले चेकजाँचको नाममा दुख दिने गरेकाे ज्ञापन पत्र बुझाएका छन ।
दल प्रतिनिधिहरुले धान खेतीकाे समयमा मलखाद , बीउ नपाउँदा कृषि संकट सृजना हुने बताएका छन । साथै राज्ले समेत बिउविजन र मलखादका सन्दर्भमा संवेदनशील हुनुपर्ने निर्णय बुझाएकाे छन ।

Facebook Comments Box