सम्पर्कविहीन २१ प्रहरी-कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
काठमाडौं : नेपाल प्रहरीले सम्पर्कविहीन आफ्ना २१ कर्मचारीलाई हाजिर हुन आउन सूचना जारी गरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गरी आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोजनाएको छ ।
यो सूचना प्रकाशित भएको मितिले (बाटोको म्याद बाहेक) सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित कार्यालयमा हाजिर हुन भनिएको छ।
प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड (च) बमोजिम सेवाबाट हटाउने कारबाही भई जाने चेतावनी दिइएको छ। थाहा खबर
Facebook Comments Box
