असिनासहितको पानीले स्याउ बगैँचामा क्षति
रासस
जुम्ला : असिनासहितको पानीले यहाँका स्याउ बगैँचामा क्षति पुर्याएको छ। तिला गाउँपालिका-९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्याएको हो ।
विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहु, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए।
‘पाकेको बाली खेतबारीमै झारेको छ। सिमी, आलु, मकै, फापरलगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ’ रावतले भने।
शुक्रबार करिब आधा फिट बाक्लो असिना परेको थियो। असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरघुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ। थाहा खबर
Facebook Comments Box
