कृष्णनगरबाट १० लाख बराबरको चौरी पैठारीका सामान बरामद
कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगरबाट विभिन्न चोरी पैठारीका सामान बरामद गरिएको छ । तस्करले भारतबाट चोरी निकासी गरि भन्सार छलेर ल्याएका किरानाका सामान, कुखुरा र मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कृष्णनगर नगरपालिका(६ भिल्मीबाट १ सय ५० किलो चिनी, महाराजगञ्ज नगरपालिका-९ कुसहवाबाट २ ओटा मोटरसाइकल, ३ बोरा सुकेको रातो खुर्सानी, ३८ ओटा ब्रोइलर कुखुरा र १९ प्याकेट पार्ले(जी बिस्कुट प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको १० लाख रुपैयाँको सामान र नगद आवश्यक कारवाहीका लागि राजश्व अनुशन्धान कार्यालय र कृष्णनगर भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले बताए । वैखरी
Facebook Comments Box
