मौसम पूर्वानुमान प्रत्येक मान्छेसमक्ष पुर्याऔँ : ऊर्जामन्त्री खड्का
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मौसम पूर्वानुमानलाई प्रत्येक मान्छेसमक्ष पुर्याउनु आजको आवश्यकता रहेको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागले बुधवार काठमाडौँमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मौसम पूर्वानुमानको जानकारी नपुग्दा विशेष गरी हाइड्रोपावर र सिँचाइ आयोजनाहरूमा बढी क्षति हुने गरेको बताए। उनले ठूलो सङ्ख्यामा काम गर्ने मान्छेहरू हुने र अकस्मातको पानीले सबै बगाएर लैजाने गरेको बताए।
मन्त्री खड्काले मौसम पूर्वानुमानबारे जानकारी समयमा भएको खण्डमा मानिसहरू सुरक्षित ठाउँमा जाने र बेलैमा सचेत हुन पाइने परिस्थिति निर्माण हुने जिकिर गरे।
उनले यस वर्ष प्रत्येक वडाका जनप्रतिनिधिहरूलाई मौसम पूर्वानुमानको सूचना तथा जानकारीसँग जोड्ने गरी काम गर्न विभागलाई निर्देशन दिए। थाहा खबर
Facebook Comments Box
