महानगरको सीप मेलाका लागि आवेदन आह्वान

सेयर गर्नुहोस

काठमाडौं : काठमाडौं महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ। यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए।

सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले बताए। यो वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य महानगरको छ। १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ।

आईसिटी क्षेत्रमा डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी पाँच विधाका तालिम हुनेछन् । स्पेसल एबिलिटी सपोर्ट स्किल इलेक्ट्रिक्स, गार्मेन्ट, निर्माण, हस्पिटालिटी, अटोमोबाइल्स, कृषि र सौन्दर्यकमीका लागि तालिम हुनेछ। थाहा खबर

Facebook Comments Box