स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमाको दुई नयाँ शाखा विस्तार
काठमाडौं : ग्रामीण भेग देखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैङ्किङ सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू संचालनमा ल्याएको छ।
विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष श्री दिलीप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन्। त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरे।
समुद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायीक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ।
हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरूलाई बैङ्किङ सेवा प्रवाह गर्दै आइरहेको छ। थाहा खबर
