बुद्धभुमीमा दुई दिने आँखा जाँच शिविर शुरु

कपिलवस्तु चैत्र २९ । जिल्लाकाे बुद्धभुमी नगरपालिकामा निशुल्क आंखा जांच शिविर संचालन भएकाे छ ।
बुद्धभुमी नगरपालिकाकाे आयाेजना तथा छन्द काले बाबू नारायणी शाह आँखा अस्पताल बहादुरगंजकाे प्रविधिक सहयाेग एवं नेपाल नेत्र ज्याेतिसंघकाे सहकार्यमा दुई दिने निःशुल्क आँखा जाँच शिविर संचालन भएकाे छ ।
नगर प्रमुख केशव श्रेष्ठकाे प्रमुख अतिथ्यतामा शुरु भएकाे जाँच शिविरमा नगरक्षेत्रका सर्वासाधारणले आँखा जाँच गराई फाइदा उठाउन आग्रह गर्नुभयो ।
दुई दिने शिविर बुद्धभुमी नगरपालिका ४ , करनाैलियामा रहेकाे भृकुटी माध्यमिक विद्यालयमा माेतियाबिन्द अप्रेसन समेत हुने भएकाे अस्पतालका कार्यक्रम संयाेजक जैस बिश्वकर्माले बताएका छन ।
Facebook Comments Box
