कपिलवस्तुमा खसी गाेरुकाे क्वारेन्टाइन बन्द, तस्करी बढ्याे

सेयर गर्नुहोस

कपिलवस्तु , बैशाख ३१ । भारतसंग सिमाना जाेडिएकाे जिल्लाकाे विजयनगर गाउंपालिकालाई केन्द्र बनाई गाेरु र खसी तस्करी शुरु भएकाे छ ।
विजयनगर गाउँ पालिकाकाे गिद्दहवा , कतनिया वनगवा हुँदै खसि तस्करी शुरु भएकाे छ भने तीन घरवा हुँदै गाेरु र खसि दुवैकाे तस्करी भईरहेकाे छ । ७-८ वटा खसिलाई माेटरसाइकलमा लाेड गरि नेपाल भित्रिने गरेका छन भने गाेरुलाई पारिबाट डाेर्याउदै ल्याउने गरेका छन ।

विजयनगर गाउंपालिका क्षेत्रमा २ वटा विओपी डालपुर र जवाबैराठ तथा दुई ओेटा इलाका प्रहरी कार्यालय गणेशपुर शिवगढी पर्छन तर पनि तस्कर व्यापक भईरहेकाे छ । सुरक्षा निकायकाे मिलिमताेमा तस्करी भईरहेकाे स्राेतले जनाएकाे छ । सशस्त्र र नेपाल प्रहरिका सिविल खटाएरै तस्करीलाई बढावा दिने गरेका छन । दुवै सुरक्षा निकाय खसी र गाेरु तस्करी हुने नाका नजिकै छन तर पनि धमाधम तस्करी हुँदै गरेकाले लाखाैंका राजस्व घाटा दिन्हु भईरहेकाे छ।

त्यस्तै जीवजन्तुकाे तस्करी बढ्ने अर्काे कारण पशु क्वारेन्टाइन चेकपोस्टकाे निष्क्रियता पनि हाे । अफिस मै बसेर तलब खादै गरेका कर्मचारीहरुले फिल्डमा अनुगमन लगायतका कार्यक्रमलाई नगण्य बनाएका छन । पशु क्वारेन्टाइनकाे यार्ड र चेकपाेष्ट बर्षाैंदेखि खुलेकाे छैन । तर पनि खसी गाेरुहरु नेपालका विभिन्न बजारमा पुगेका छन र धमाधम मासुजन्य परिकारमा प्रयाेग भएका छन ।

भन्सार कार्यालय कृष्णनगरबाट खसि आयात राेकिएकाले क्वारेन्टाइन हुन नपाएकाे कारण देखाइदै आएपनि कर्मचारीहरुकाे माेाटाे कमाईकाे स्राेत बनेकाे छ अवैध खसी गाेरु तस्करी । प्रविधिक कर्मचारी त सिमामा मै पुगेर पहेंलाे प्रमाणपत्र दिदै आएकाे स्राेतले जनाएको छ ।

Facebook Comments Box