ज्ञानेन्द्र कार्कीले भने- युवाहरूबीच विदेश जाने होडबाजी चलेको छ

सेयर गर्नुहोस

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पछिल्लो समय युवाहरू विदेश जानेमा होडबाजी चलेको बताएका छन्। आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले देश विकास भएको छैन भन्ने कुरा झूट रहेको पनि बताए। उनले भने, ‘विकास भएको छैन भन्ने झूट हो, आज गाउँगाउँमा हिजोको भन्दा राम्रो सडक पुगेको छ,खानेपानी पुगेको छ,ठूला ठूला विद्यालय भवन,स्वास्थ्य चौकी बनेको छ।’

तर गाउँमा यस्ता विकास भए पनि जनताको मन भने गाउँमा नअडेको उनको भनाइ छ। ‘उनीहरू शहरतर्फ आएका छन्, यहाँ आएर पनि यहाँ मन बुझेको छैन,विदेशतिरै जानेमा जनता छन्,खास गरेर हाम्रा युवा विदेश जाने कुरामा होडबाजी चलेको छ,यो किन भयो भन्नेमा गम्भीर रूपले व्याख्या र विश्लेषण गर्नुपर्छ अनि भाषण गर्नुपर्छ’, उनले भने। थाहा खबर

Facebook Comments Box