कृष्णनगरका हाेटेलमा याैन धन्दा बढ्याे , अन्य व्यवसायी आक्राेसित

सेयर गर्नुहोस

कपिलवस्तु , बैशाख २९ । जिल्लाकाे कृष्णनगर बजारका हाेटेलहरुमा केही दिनदेखि याैन धन्दा बढ्दै गएकाे छ ।
कृष्णनगर बसपार्क क्षेत्र र गाेलघरका हाेटेलहरुमा याैन धन्दा बढ्दै गएकाे छ । विगत केहीदिनदेखि स्टाफकाे नाममा बजारका हाेटेल संचालकहरुले नेपाली युवतीहरु बाेलाई भारतका युवकहरुसंग माेटाे रकम लिने र याैनधन्धा गराउदै आएकाे स्राेतले जनाएको छ ।
बैशाख २७ गते इलाका प्रहरी कार्यालय कृष्णनगरकाे टाेलीले नियमित चेकजाँचको क्रममा एउटा भारतीय केटासहित दुई जना नेपाली केटी शंकास्पद अवस्थामा पक्राउ गरेकाे छ । कृष्णनगर बजारकाे गोलघर स्थित न्यु मिलन रेष्टुरेन्ट एण्ड गेष्टहाउस दुर्गा गेष्ट हाउसले परिचित रहेकाे हाेटेलकी संचालिका राधिका पाण्डे लाई भारत उत्तर प्रदेश सिदार्थनगर जिल्ला डुमारियागंज थाना मन्दिर चौराहा बस्ने बर्ष १९ को अमन कसाैधन नामकाे केटासहित दुई जना नेपाल कै साेहि हाेटेलमा काम गर्ने केटीलाई पक्राउ गरेकाे प्रत्यक्षदर्शीले बताएका छन ।

नियमित चेकजाँच गर्दा शंकास्पद अवस्थामा पक्राउ गरेपछि केटालाई थप कार्यवाहीका लागि सम्बन्धित निकायबाट म्यादथप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माेहनमनि अधिकारी ले बताउनु भयाे ।

साे घटनापछि कृष्णनगर बजारका व्यवसायीहरुले बजार बदनाम गराउने र असमाजिक गतिविधिमा संलग्न हाेटेल व्यवासयीलाई तुरुन्त कार्यवाहीकाे दायरामा ल्याउन माग गरेका छन । व्यावसायीहरु इलाका प्रहरी कार्यालय कृष्णनगर
ले जडान गरेकाे सिसिटिभी क्यामेराका माध्यमले अनुसन्धान गरि दाेषीहरुलाई कडा कार्यवाही गर्न जाेड दिएका छन ।

Facebook Comments Box