झाेलुङ्गेकाे फाउन्डेशन खन्ने क्रममा माटाेकाे ढिस्काेले पुरिँदा एककाे मृत्यु, एक गम्भीर घाइते

सेयर गर्नुहोस



(विजयनगर) कपिलवस्तु, २८ बैशाख । कपिलवस्तुको विजयनगर गाउँपालिका-१, नेवलागन्जमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । ढिस्काेले पुरिँदा विजयनगर-१ नेवलागञ्जका ३० वर्षीय केशब थापाकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।

नेवलागञ्ज-मधनगरा जाेड्ने विशवा खाेलामा निर्माणाधीन झाेलुङ्गे पुलको फाउन्डेशन खन्ने क्रममा बिहान ११ बजेतिर अचानक माटोकाे ढिस्काे खस्दा कामदार केशब थापा र सर्जुलाल चाैधरी गम्भीर घाइते भएका थिए । उपचारकाे क्रममा आधारभूत अस्पताल चन्द्राैटामा थापाको मृत्युु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

अर्का दुर्घटनामा घाइते भएका ४८ वर्षीय सर्जुलाल चौधरीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। निर्माण स्थलमा सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा यस्ता दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ ।

दुर्घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जनाए ।

Facebook Comments Box