प्रधानमन्त्री ओलीले भने-विद्यार्थीको लागि इन्टर्नसिपमा ढोका खोल्ने नीति लिइएको छ

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा ढोका खोल्ने नीति लिएको बताएका छन्।

आज प्रतिनिधिसभामा आव २०८२/०८३ को नीति तथा कार्यक्रमबारे उठेको विषयको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले युवाहरूलाई उद्यमशील बनाउने पनि बताए। ‘सरकारले युवाहरूको रोजगारीको अवसर सिर्जना गर्ने,विद्यार्थीलाई पढाइसँगसँगै सरकारी सेवाको इन्टर्नसिपमा धोका खोल्ने नीति लिएको पक्ष फेरी दोहोर्‍याउन चाहान्छु,’उनले भने।

उनले पाठ्यक्रममा पनि व्यापक सुधार गर्ने बताए। थाहा खबर

Facebook Comments Box