स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

सेयर गर्नुहोस

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताएका छन्।

आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रशासनलाई साँघुरो बनाएर भएपनि प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए।

उनले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणका लागि जग्गा नपाइरहेको भन्दै जग्गा भेटेको खण्डमा यही वर्ष बहुवर्षे आयोजना अन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सकिने बताए।

उनले सरकारले १४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क गरिरहेको र करिव ८० प्रतिशत औषधि समेत निःशुल्क भएको स्थिति रहेको बताए। हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको जानकारी दिनुए।

मन्त्री पौडेलले अधिकतम क्षमताबाट उपचार बिस्तार गर्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box