दाङको टरिगाउँ विमानस्थलमा हप्ताको ३ दिन उडान हुने

सेयर गर्नुहोस

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको तिनदिन हवाई उडान हुने भएको छ । नेपाल वायुसेवा निगमका तुलसीपुर प्रमुख बलबहादुर सुनारका अनुसार सोमबार, बुधबार र शुक्रबार उडान हुने भएको हो।यसअघि हप्तामा एक दिन मात्रै उडान हुने गथ्र्यो ।

अब भने नेपाल एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको हो।
हालको भाडा न्यूनतम सातहजार एकसय रुपैँया छ । त्यो सुरुमा टिकेट काट्नेहरुलाई निश्चित कोटा भएपनि यात्रुहरु थपिदै जाँदा ८ हजार नौ सय ७५ सम्म हुने गरेको प्रमुख सुनारले बताए । यो दाङबाट काठमाडौं जाँदाको भाडा हो । काठमाडौंबाट दाङ आउँदा भने त्यो भाडा भन्दा दुई सय बढि हुन्छ। हाल यात्रुहरुको चाप बढेकाले उठान थप गरिएको प्रमुख सुनारको भनाई छ । उनका अनुसार काठमाडौंबाट आउँदा सबै सिट भरिने गरेका छन्, भने दाङबाट जाँदा पनि दैनिक १० भन्दा बढि जाने गरेका छन् । अब हप्तामा तीन दिन हुँदा थप सहज हुने उनको भनाइ छ । वैखरी

Facebook Comments Box