मिश्र र प्रसाईंसहित २३ जनामाथि ५ दिन म्याद थप, आपराधिक उपद्रवमा पनि अनुसन्धान थालियो

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईलगायत २३ जनामाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले थप ५ दिनको म्याद दिएको छ।

उनीहरूमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा आजबाट भने आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ।

पछि बयान लिने काम भएकाले बाँकी रहेको कसुरमा अनुसन्धान थालिएको काठमाडौँ जिल्ला अदालत प्रशासन शाखाका हेमन्त भट्टराईले थाहाखबरलाई जानकारी दिए।

तर उक्त कसुर नयाँ कसुरमा दर्ता भएको नभई बयान पछि लिइएकाले त्यससँग सम्बिन्धित आवश्यक प्रक्रिया पनि पछि नै गरिएको उनले जानकारी दिए।

जिल्ला प्रहरी पसिसर काडमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले नयाँ कसुर थपेको नभइ अनुसन्धान गर्न बाँकी भएका विषयमा अनुसन्धान थालिएको थाहाखबरलाई जानकारी दिए।

अन्य २८ जनाको हकमा भने ७ दिनको म्याद थप भएको पनि उनले बताए। उनीहरूविरुद्ध सङ्गठित अपराध र आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ।

इजलासमा मिश्रले आज ममाथि अर्को कसुरको पनि टीका लगाइदिएको भन्दै आपत्ति जनाएका उनका वकिल राजु बस्नेतले जानकारी दिएका छन्। थाहा खबर

Facebook Comments Box