भारत-पाक तनावकाे असर नेपाल-भारत सिमानाकामा

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु , बैशाख २३ । भारत-पाकिस्तानबीच बढेकाे तनावकाे असर नेपाल-भारतका सिमामा पनि देखा परेकाे छ ।

जिल्लाकाे कृष्णनगर , मर्यादपुर नाकामा भारतीय एसएसबीले राष्ट्रिय सुरक्षाका मध्यनजर गर्दै डग स्कायड , मेटल डिटेक्टरले चेकजाँच शुरु गरेकाे छ । एसएसबीले नेपालबाट भारत भित्रिने चारपांग्रे वाहनकाे गहन चेकजाँच गरि आन्तरिक सुरक्षा पनि मजबुत बनाउन खाेजेकाे जानकार बताउँछन् । अप्रैल २२ मा काश्मिरकाे पहलगाममा भएकाे आतंकबादी घटनामा २८ जना सर्वसाधारणकाे ज्यान गएपछि नरेन्द्र माेदी नेतृत्वकाे सरकारले पाकिस्तानमाथि हदैसम्मकाे कार्यवाही गर्न याेजना बनाउन लागेपछि दुई देश बीच तनाव सृजना भएकाे छ । दुई देशबीचकाे तनावले अन्य छिमेकी देशका सिमानामा पनि सुरक्षा चेकजाँच कडा बनाइएकाे छ ।

भारतीय संचारमाध्यमका अनुसार यही बुद्धवार भारत सरकारले विभिन्न जिल्लामा युद्ध साइरनपछिकाे माेक ड्रिल अभ्यास गर्ने सुचना जारी गरेकाे छ । युद्धकाे आकस्मिक समयमा आफ्ना जनतालाइ कसरी सुरक्षित राख्ने अभ्यास शुरु भए लगत्तै सच्चिकै युद्ध नै हुने भनी नेपालका बुद्धिजीवी बीच चर्चाकाे बिषयसमेत बनेकाे छ ।

दुई देशबीचकाे साैहर्दयपुर्ण सम्बन्ध कायम राखेर नेपालतिरका सुरक्षा निकाय छिमेकमा कुनैपनि प्रकारकाे अप्रिय घटना नहाेस भनी सिमानाकामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएकाे छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान लगायतका सुरक्षातन्त्रकाे रणनीतिक उपस्थितिले आन्तरिक सुरक्षापनि मजबुत हुने बिश्वास सर्वसाधारणकाे छ ।

Facebook Comments Box