छाे-अमाैलीका आगलागी पिडितलाई जस्तापाता वितरण

सेयर गर्नुहोस


घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ छाे-अमाैलीका आगलागी पिडितलाई जस्तापाता वितरण गरिएको छ । गाउँपालिकाले साेमबार आवश्यकता अनुसार १९ घरपरिवारलाई जस्तापाता उपलब्ध गराइएकाे जिन्सी शाखाका कर्मचारी रवि प्रताप यादवले जानकारी दिए । गत चैत्र १५ गते छाे-अमाैली गाउँमा भीषण आगलागी हुँदा २७ घर जलेर नष्ट भएका थिए ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले आगलागी पिडितलाई जस्तापाता हस्तान्तरण गरेका हुन् । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्द, सब-इन्जिनियर राजन कुमार ठाकुर लगायतकाे उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष थापाले गर्मीयाममा आगलागीका घटना दिनहुँ बढी रहँदा सबैले सचेत हुनुपर्ने बताउँदै प्रज्वलनशील सलाई, लाइटर जस्ता वस्तुहरु बालबालिकाकाे पहुँचबाट टाढा राख्न अनुरोध गरे । राहत स्वरुप जस्तापाता वितरण गरिएको उनलेे बताए ।

आगलागीले घरगाेठसहित खाद्यान्न, लत्ताकपडा, गरगहना नगद गरी ६७ लाख बढीकाे क्षति भएको थियोे ।

Facebook Comments Box