प्रतिगमनको प्रयासविरुद्ध कविहरूले गरे सडकमै कविता वाचन

सेयर गर्नुहोस

काठमाडौं : गणतन्त्रविरुद्ध प्रतिगमनको प्रयास भइरहेका भन्दै कविहरूले सडकमा कविता वाचन गरेका छन्।

प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर राष्ट्रिय जनसाहित्यिक संघ नेपालको आयोजनामा शनिबार रत्नपार्कमा ‘सडक कविता वाचन विशेष समारोह’ गरिएको हो। कार्यक्रममा कविहरूले प्रतिगमन र निरंकुशताविरोधी रचना वाचन गरे।

संघकी अध्यक्ष नर्मदेश्वरी सत्यालले जनताको आन्दोलनले इतिहास नै समाप्त हुनेगरी किनारामा पुर्‍याएको निरङ्कुशताले गणतन्त्रकै विरुद्धमा फणा उठाएकाले विरोधस्वरूप कार्यक्रम आयोजना गरेको जानकारी दिइन्।

राष्ट्रिय जनसाँस्कृतिक महासंघका निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले अहिलेको जनताको बलिदानले ल्याएको गणतन्त्रकै विरुद्धमा र निरङ्कुशताका पक्षमा हास्यास्पद आन्दोलन थालिएको भन्दै स्रष्टाले सशक्त विरोध गर्न आवश्यक रहेको बताए।

संघका महासचिव डा.कृष्ण सुवेदीले सडक कविता आन्दोलनको थालनी २०३६ सालमा साहित्यकार भवानी घिमिरेको अगुवाइमा भएको जानकारी दिए। आवश्यकताका आधारमा २०३६ सालमा, २०४६ सालमा र २०६२÷६३ को आन्दोलनताका पनि सडक कविता अभियानले निरन्तरता पाएको उनले बताए। थाहा खबर

Facebook Comments Box