कपिलवस्तु बहुमुखी क्याम्पस संचालक अध्यक्षमा त्रिपाठीकाे उम्मेदवारी

सेयर गर्नुहोस

कपिलवस्तु , बैशाख १९ ।कपिलवस्तु बहुमुखी क्याम्पसकाे संचालन समितिकाे अध्यक्ष पदमा सच्चिदानन्द त्रिपाठीले उम्मेदवारी दिने घाेषणा गरेका छन ।
जिलाको सदरमुकाम तौलिहवाको कपिलवस्तु बहुमुखी क्याम्पसको यहि बैशाख २७ गते हुन् गई रहेको क्याम्पस संचालन समितिको अध्यक्ष पदको उम्मेद्वारि दिएर प्रतिस्प्रधामा उत्रिने निर्णय गरेको शुद्धोधन गाउँपालिका वडा नं. १ मा अवस्थित sunlight English boarding school को संचालक सच्च्चिदानंद त्रिपाठीले हिजो क्याम्पसको बन्द सत्रमा घोषणा गर्नु भएको छ | त्रिपाठी एक प्राज्ञिक ब्यक्तित्वत हुनुको साथ् साथै सैक्षिक संस्थाहरुमा करिब दुई दसक अध्यापन गरि लामो अनुभव हासिल गरेको बिषय समेत समाजमा चर्चा हुने गरेको पाइन्छ | शैक्षिक संस्थाहरुमा राजिनिती नगर्नुको साथ् साथै गैर राजनीतिक स्वच्छ छविको व्यक्तित्व संचालन समितिमा आउनु पर्छ भन्ने बिषय बैशाख १८ गते क्याम्पसको बन्द सत्रमा त्रिपाठी आफ्नो बिचार प्रस्ट गरेको थिए | बिद्यालय कसरी व्यवस्थित एवं कुशल ढंगले व्यवस्थापन गर्न सकिन्छ त्यसको नमुना हेर्न मेरो बिद्यालय अवलोकन गर्न सबै सभाको सदश्यहरुलाई आवाहन समेत गरेका थिए |
आफु क्यामपस संचालन समितिमा निर्बाचित भएमा प्राबिधिक धारको शिक्षा ल्याएर स्थानीय बिद्यार्थीहरुले बाहिर गई अध्ययन गर्ने दुखद दिन अन्त्य गर्न पहल गर्ने प्रतिबद्धता दिनुको साथ् साथै क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारी तथा पदाधिकारीहरुले नियमित मासिक तलब खाने गरि व्यवस्था मिउलाउन हरेक प्रयतन गर्ने जनाएका छन् |
क्यामपस जस्तो सार्बजनिक संस्थाहरुमा महगो फि तिरेर गरिब, दलित, आदिबासी जनजातिको कीशोर किसोरी अध्ययन गर्न बाध्य भएको हुनाले टी बिषयमा नि आफु पहल गरि न्यून फि मा नै अध्ययन गर्न गराउनुको साथ् साथै बाहिरि जिल्लाको बिद्यार्थी यस जिल्लामा अध्ययन गर्न आउने गरि व्यवस्था मिलाउने बिषयमा नि आफु सक्दो प्रयास गर्ने छु संचारकर्मीहरुलाई बताए |

Facebook Comments Box