शिवराजमा हातीपाइले विरुद्ध अौषधि सेवन अभियान शुरु
चन्द्राैटा /चैत्र २०। शिवराज नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रमको शुभारम्भ आजदेखि भएकाे छ ।
नगरपालिकाकाे वडा १० की वडाध्यक्ष मन्जु मिश्रकाे संयोजकत्व तथा जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य रविदत्त मिश्रकाे प्रमुख अतिथ्यतामा हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन कार्यक्रम आज लालपुरमा शुभारम्भ भएकाे छ ।
दुई बर्ष मुनिका बालबालिका , सिकिस्त बिरामी , गर्भवती महिलाहरु बाहेल सबै सर्वसाधारणलाई चैत्र २० गतेदेखि अाैषधि खुवाउन शुरु भएकाे लालपुर स्वास्थ्य चाैकी प्रमुख नारायण बन्जाडेले जानकारी गराएका छन ।
Facebook Comments Box
