एमाले विवाद उत्कर्षमा, ओली पक्षद्वारा माधव नेपाल र भिम रावललाइ पार्टीबाट निस्कासन
रेशम अधिकारी, काठमाडौं । सत्तारुढ नेकपा एमाले भित्रको बिबाद फेरि एकपटक चुलिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षतामा बसेको पार्टीको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरे पछि एमाले मा कायम विवाद उत्कर्षमा पुगेको हो ।
पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नदिएको भन्दै उनीहरुलाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको हो ।
पार्टी साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिएकोबारे अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार र रावललाई जानकारी गराएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र उनी नेतृत्वको सरकारको बद्नाम र चरित्र हत्या गर्न, विपक्षी पार्टीसँग मिलेर पार्टी विभाजन गर्न लागिपरेको भन्दै पार्टीले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोधेको थियो ।
तर, गत बिहीबार नेता नेपाल र रावलले उल्टै अध्यक्ष ओलीमाथि नै आरोपसहित विभिन्न प्रश्न उठाएर जवाफ दिएका थिए । उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै अहिले नेता नेपाल र रावललाई साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिएको हो ।
दुवै नेतालाई सच्चिनका लागि अन्तिम मौका दिइएको र आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्नसमेत भनिएको छ ।सेतोमसी
