“शिव शर्मिला जोडी सम्मानित
प्रमोद सहनी रौतहट
रौतहट जिल्लाको चर्चित गौतम होटलमा तेली समाज समिति चन्द्रपुर द्वारा आयोजित होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ।
उक्त कार्यक्रमको संचालकको भूमिकामा रहनुभएका, बिना दहेज आदर्श विवाह गर्नेु भएका, सामाजिक क्षेत्रमा याहाँको यथेष्ट योगदान रहेकोले( शिव शर्मिला जोडी) शिवचन्द्र प्रसाद साह र शर्मिला कुमारी साहलाई कार्यक्रम का प्रमुख अतिथि तेली कल्याण समाज नेपाल का केन्द्रीय महासचिव इन्जिनियर राजदेव साह र बिशिष्ट अतिथि गौर नगरपालिका का समाजसेवी विरबहादुर साहले दोसल्ला ओढाएर सम्मान सम्मान गर्नु भएको छ।
बहुमुखी प्रतिभाका धनी शिवचन्द्र प्रसाद साह हाल सानिमा लाईफ इन्स्योरेन्स चपुर शाखा का प्रमुख र शर्मिला कुमारी साह श्री सरस्वती मावि मलाहीटोल का शिक्षक हुनुहुन्छ।
वहाँहरू २०६६ साल फाल्गुन २६ गते विना दहेज आदर्श विवाह गरेको जानकारी तेली समाज समिति चन्द्रपुर का महासचिव मोहन लाल साह ले जानकारी दिनुभएको छ।
