महाकाल सामाजिक संस्था द्वारा होली बिशेष कार्यक्रम र सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई सम्मान
कपिलवस्तु,बहादुरगंज। श्री महाकाल सामाजिक संस्थाको उप – समिति बहादुरगंजले होली मिलन तथा राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरेको छ। बहादुरगंज उप – समितिको अध्यक्ष जंग बहादुर शाहीको बिशेष सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको छ। यो सस्था एउटा धार्मिक मान्यता अनुसार मात्र काम नगरी सामाजिक कार्यमा पनि सक्रिय भूमिका खेल्दै आएको हुनाले कार्यक्रमको आयोजना गरिएको थियो। आफ्ना शुभकामना मन्तव्यमा बक्ताहरुले होली एउटा मिलन र सुदृढ सम्बन्ध बनाउने पर्व भएको हुँदा होलीको रंगले सबैको जीवन रंगियोस र सु-शान्ति, सव्य -भव्य र जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जारी गरेको सुचनालाई पूर्णता पालन गरी साथै नशालु पदार्थ सेवन नगरी होली मनाऔं भनेर आजको कार्यक्रम बाट उपास्थित सम्पुर्णलाई अनुरोध गरेका छन्।
बहादुरगंज क्षेत्रमा रहेका बिभिन्न बिभागका सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई अमान्त्रित गरी दोसल्ला ओढाई सम्मान गरिएको छ। कार्यक्रममा श्री राम गोरखा माविका प्र अ प्रदीप सिंह , नेपाली सेना नारायण दल बहादुरगंज गणका प्रतिनिधि लीला बहादुर थापा मगर, हिन्दू परिषद नेपालका कृष्णनगर नगर अध्यक्ष चन्द्र किशोर मिश्रा , महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्मा, सचिव जितेन्द्र मौर्य , क्षेत्रिय अध्यक्ष सुनिल शुक्ला, क्षेत्रिय उपाध्यक्ष देवराज चौधरी, शिवराज नगरपालिका नगर अध्यक्ष आनन्द कुमार शुक्ला लगायत महाकाल सामाजिक संस्थाका अन्य सदस्यहरू र सेवा निवृत्त कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो।
