होलीमा भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आग्रह
कृष्णनगर कपिलवस्तु , १२ चैत्र । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कपिलवस्तुले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयबाट २०७७/१२/८ मा जारि बिज्ञप्तिलाइ समेत दृष्टिगत गर्दै कोभिड १९ को संक्रमण बढ्न नदिनका लागि स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न/गराउन अनुरोध गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
