कुशहवा स्वास्थ्य चौकीमा बिभिन्न कीटजन्य रोगहरु बारे सचेतना कार्यक्रम संपन्न
प्रतिमा विश्वकर्मा,चैत्र ०७गते कपिलवस्तु
कपिलवस्तुको महराजगंज नगरपालिका वडा न.७ कुशहवामा बिभिन्न कीटजन्य रोगहरुको बारेमा सचेतना मुलक कार्यक्रम आज संपन्न भएको छ ।
समुदायमा रहेका शंकास्पद औलो रोगीको समयमा नै परीक्षण,निदान,उपचार तथा सचेतना अभिवृद्घि गर्न सहयोग पुर्याउने उद्देश्यका साथ बिभिन्न कीटजन्य रोगहरु बारे सचेतना मुलक कार्यक्रम आज कुशहवा स्वास्थ्य चौकीको हलमा संपन्न भएको छ ।कुशहवा स्वास्थ्य चौकी का इन्चार्ज टीका पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय कपिलवस्तुका भेक्टर कन्ट्रोल निरीक्षक उदयचन्द्र चौरसिया गर्नु नभएको थियो ।
स्वास्थ्य कार्यलय कपिलवस्तुको आयोजना र स्वास्थ्य कार्यलय कपिलवस्तुका मलेरिया इंस्पेक्टर मोहन शर्मा को सन्चालन, महाराजगंज नगरपालिका वडा न.७ का वडा सदस्य मंगल यादवको अध्यक्षता, उक्त वडाका वडा सचिव राकेश कुमार चौबेको प्रमुख अतिथिय्ता रहेको थियो ।
उक्त सचेतना कार्यक्रममा स्वास्थ्य कार्यलय कपिलवस्तुका तथ्यांक अधिकृत अनिरुद्ध कुमार श्रीवस्ताव , कुशहवा स्वास्थ्य चौकीका सी.अनमी पूनम विश्वकर्मा, अनमि गीता देबी गुप्ता, अहेवा अब्दुल हकीम, लैब असिस्टेंट बिन्दबासिनी चौधरी,एच् ए अब्दुल्ला कुजडा लगायत महिला स्वास्थ्य स्वय्म् सेबिका,जनप्रतिनिधी,समाजसेबी, शिक्षाक,पत्रकार लगायत ३० जनाको उपास्थिती रहेको थियो ।
