शिक्षामा लगानी खेर जादैन , सबै पढाैं शिक्षित बनाैं : नगरप्रमुख शाह

सेयर गर्नुहोस

कपिलवस्तु। जिल्लाकाे कृष्णनगर नगरपालिकाले विभिन्न विद्यालयमा “सबै पढाैं शिक्षित बनाैं” अभियान शुरु गरि शैक्षिक समाग्री वितरण गरेकाे छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका सबै विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । हाल जिल्लाको दर्जनौं बिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री आफै वितरण शुरु गरेका हुन । बहादुरगंजमा रहेको राम गोरखा माध्यमिक विद्यालय, श्रीदेवि मावि शिवानगर, श्रीनेत्र ज्याति मावि लगायतका विद्यालयमा शैक्षिक समाग्री वितरण गर्दै नगर प्रमुख रजत प्रताप शाहले आफ्नाे प्राथमिकतामा रहेकाे शिक्षा र स्वास्थ क्षेत्रमा यस आर्थिक बर्षमा बढी लगानी गरिएकाे बताउनुभयो ।
कृष्णनगरले बिशेषगरि किशोरीहरुको शिक्षालाई निरंतरता दिन साइकल वितरण, शैक्षिक सामग्री वितरण गरिसकेकाे साथै अन्य शैक्षिक अवस्था सुधारका योजना ल्याउने नगर प्रमुख शाहले बताउनु भयो । तराईमा किशोरीहरुलाई शिक्षा दिन लाग्ने खर्चबाट अभिभावक समेत पछि हटेकोले किशोरी पढ्नबाट बन्चित नहुन भनी शिक्षामैत्री याेजना ल्याइएकाे बताउनुभयो । शिक्षाको ज्योती घरबाटै सुरु गर्नु पर्ने भएकोले अभिभावकहरु आफ्नो बालबालिकालाई हेरचाह गर्न जरुरी रहेको नगरप्रमुख शाहले बताउनु भयो ।

Facebook Comments Box